Techie IT
शुक्रबार, भदौ ५,२०८३

शाही युवा शक्तिको प्रहरी हिरासत मै आमरण अनशन


बुटवल ।सरकारको निरङ्कुशताको बिरोध र राजसस्था पुनःस्थापनाको माग गर्दै शाही युवा शक्ति नेपालले इलाका प्रहरी कार्यालयमै आमारण अनशन बसेको छ । युवा शक्तिका पश्चिमाञ्चल प्रमुख पृतम खत्री र रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र बिश्वब्वकर्मा प्रहरी हिरासतमा लिएपछि रिहाइको माग गर्दे आमरण अनसनमा बसेका केन्द्रिय अध्यक्ष पशुपति खडुकाले बताए ।

राजतन्त्रकै पालाको राष्ट्रिय गान श्रीमान गम्भिर नेपाली भन्ने गित गाउनुकासाथै गणतन्त्र मुर्दावाद राजतन्त्र जिन्दावादको नारा लगाउदा दुई जना युवा पक्राउ परेका छन।

बुटवलमा आयोजित शाही युवा शक्ति नेपाल रुपन्देहीको जिल्ला भेलाको उद्घाटनका क्रममा श्रीमान गम्भिर नेपाली भन्ने गित गाउँदा महेन्द्र बिश्वकर्मा र पृतम खत्री पक्राउ परेका हुन ।

शाही युवा शक्तिले सर्बोच्चमा रिहाईको माग गर्दै रिट हालिएको छ


क्याटेगोरी : राजनीति
ट्याग : #आमरण अनशन


तपाईको कमेन्ट लेख्नुहोस्