नेवि संघद्वारा त्रिवि सेवा आयोगको कार्यालयमा तोडफोड
काठमाडाैँ, २९ बैशाख । खुला प्रतिस्पर्धा परीक्षामा नातेदारलाई पास गरेको भन्दै नेवि संघले त्रिुभवन विश्वविद्यालयको कीर्तिपुरस्थित सेवा आयोग कार्यालय तोडफोड गरेका छन् ।
घटनामा संलग्न नेविसंघ त्रिवि इकाइका सचिव योगेन्द्र रावलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा समाजवादी पार्टी आवद्ध विद्यार्थी रहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।
विद्यार्थीहरुले आयोग अध्यक्ष चैतन्य शर्माको कुर्सी जलाएका छन् । सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा आयोग अध्यक्ष, त्रिविकै उच्च अधिकारी, विद्यार्थी संगठनका नेता र पार्टीका नेताका नातेदारहरुको नाम निस्किएको उनीहरुको आरोप छ । नतिजा वैशाख १३ मा सार्वजनिक भएको थियो ।
अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, अनुगमन महाशाखा प्रमुख विष्णुप्रसाद खनाललगायत उच्च पदाधिकारीका नातेदारहरूको नाम लिखित परीक्षामा निस्किएको छ।
लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा समेत यसबारे उजुरी परेको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #त्रिवि सेवा आयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्