माओवादी केन्द्रले गरायो सिडिओको ध्यानाकर्षण
प्रदिप ढकाल
३१ श्रावण, भक्तपुर
नेकपा (माओवादी केन्द्र)को चाँगुनारायण नगर कमिटिले भक्तपुरको च्याम्हासिंह–ताथली–नाला सडकमा गरिएको कालोपत्र एक महिनामै बिग्रन थालेपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई ज्ञापन पत्र बुझाएका छन्। सरकारी उदासिनता र ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक निर्माण सम्पन्न भएको एक महिनामै बिग्रिन शुरु भएको बताउँदै अधिकारी रिजाललाई ज्ञापन–पत्र बुझाएका हुन् ।
च्याम्हासिंह–ताथली–नाला सडकअन्तर्गत फैढोकाको पाँगो खानीदेखि माथिल्लो छाप सडक खण्डका ठाउँ–ठाउँमा गरिएको कालोपत्र बिग्रन थालेको हो । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ मा पर्ने यो सडकखण्ड अरनिको राजमार्गको वैकल्पिक सडकको रूपमा समेत व्याख्या गर्ने गरिन्छ । तर, निर्माणको एक महिनामै सडक बिग्रन थालेपछि चिन्ता लागेको स्थानीय नेता जगन्नाथ खत्रीले जनाएका छन् । नगर इन्चार्ज रामभक्त खत्रीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीमा अध्यक्ष खड्का,उपाध्यक्ष सुमन दाहाल, बिनोद लामिछाने, कोषाध्यक्ष जगन्नाथ खत्री र वाइसिएल नेता दिपेश लामिछाने लगायत सहभागी रहेका नेता रामकुमार तामाङले जनाएका छन् । उक्त पत्रमा चाँगुनारायण पौवा साखु सडकको दुरावास्थाबारे समेत ध्यानाकर्षण गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सडक अनुगमन गर्ने र कमजोरी देखिए आवश्यक कानुनीकारवाही अघि बढाउने आश्वासन दिएका एक सहभागीले जानकारी गराए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्