रोल्पाको गंगादेव गाउँपालिकामा बजेट किन सार्वजनिक हुन सकेन
काठमाडौं,असार ११ । रोल्पाको गंगादेव गाउँपालिकामा अध्यक्ष हरिबहादुर पुनले एकपक्षीय रुपमा नीति तथा कार्यक्रम र बजेट बनाएको भन्दै कार्यपालिका सदस्यले विरोध गरेपछि बजेट अन्योलमा परेको छ ।्
अध्यक्षसँग द्वन्द्व बढेपछि प्रमुख कार्यकारी अधिकृत मोबाइल अफ गरेर जिल्ला छाडेका छन् । आइतबार दिनभरि जिल्लामा नभएका कार्यकारी अधिकृत साँझ पुगेका थिए ।
अध्यक्षले अनावश्यक दबाब दिएपछि पालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले मोबाइल अफ गरेर दाङ बसेको स्रोतले जनाएको छ ।
कार्यपालिका सदस्यहरूले अध्यक्षले एकलौटीरुपमा बजेट बनाएको भन्दै पास गर्न नदिएको एक सदस्यले बताए । उनीहरूले आफ्नो वडामा बजेट सिलिङ कम भएको भन्दै गुनासो गरेका गरेका छन् । सोमबार बिहान अब कसरी जाने भनेर अध्यक्षले कार्यपालिका सदस्यलाई छलफलका लागि बोलाएका छन् ।
वडा नं ३ का वडाध्यक्ष लोकमान वलीले पालिकाको बजेट नआएको र आफू वडामै छलफलमा रहेको बताए । अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारी अधिकृत तीनै जनाको मोबाइल फोनमा सम्पर्क हुन सकेको छैन ।
स्थानीय तहमा बजेट बनाउने जिम्मेवारी उपाध्यक्षलाई भए पनि अध्यक्ष पुनले उपाध्यक्षका ती अधिकारमा कटौती गर्न खोजेपछि विवाद बढेको छ । आइतबारसम्म उपाध्यक्ष केसीले बजेटका विषयमा जानकारी नदिएको कार्यपालिका सदस्यसँग गुनासो गरेकी थिइन् । गत वर्ष पनि बजेटमा विवाद भएर पछि बजेट आएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #news, #बजेट सार्वजनिक सकेन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्