नेपालमा ‘फानी’को प्रभाव देखियो ,सबै आन्तरिक उडान ठप्प
भारतमा विकसित शक्तिशाली ‘फानी’ आँधीको प्रभाव नेपालमा सुरु भएको छ । माैमविद्का अनुसार बंगालको खाँडीमा बनेको चक्रवात फानीको प्रभावले अहिले नेपालको पूर्वी क्षेत्रको मौसम पूरै बदली भएको छ। त्यहाँ हुरीबताससहित पानी पर्न थालेको छ।
आँधीको असर विशेषगरी पूर्वी र मध्य क्षेत्रमा पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । उनका अनुसार फानी नै नेपाल आउने होइन तर, यसको प्रभाव भने पर्नेछ । फानी नै नेपाल आउने सम्भावना एकदमै कम छ ।
बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली शुक्रबार मध्याह्न ओडिसाको तटीय क्षेत्रमा भित्रिने र त्यसको प्रभाव नेपालसम्म पर्ने मौसमविद्हरुको अनुमान छ ।
मौसमविद् पोखरेलका अनुसार फानी भारतको उडिसा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले नेपालका पूर्वी र मध्य क्षेत्रमा असर पर्ने भएको हो।
त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल प्रमुख राजकुमार क्षत्रीका अनुसार सवै आन्तरिक उडानहरु शुक्रबार बिहान १० बजेदेखि ठप्प छन् ।
त्यस्तै प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा अवतरण गर्न आएको विमान बंगला भने आकासमा आधा घण्टादेखि होल्ड गर्नुपरेको महाप्रवन्धक क्षेत्रीले जानकारी दिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #फानी’को प्रभाव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्