खराङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स (फोटोफिचर)
चैनपुर – सङ्खुवासभाको चैनपुर नगरपालिका स्थित खराङ स्वास्थ्य चौकीलाई एक कार्यक्रमका वीच एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

पहाडी जिल्ला सङ्खुवासभाको चैनपुर नगरपालिकाका दुई वडा लगायत दाताहरुको सहयोगमा २० लाख खर्चेर एम्बुलेन्स ल्याईएको हो । जिल्लामा पहिलो पटक दुई वडाको संयुक्त लगानीमा खरिद गरिएको एम्बुलेन्समा चैनपुर नगरपालिका वडा नं. १० खराङ ७ लाख ५० हजार, वडा नं. ११ लुहाकोट ७ लाख, सङ्खुवासभाका संघिय सांसद दिपक खड्काबाट २ लाख ५० हजार, समाजसेवी एवं हेल्पिङ हेण्डस काठमाण्डौका प्रवन्धक डा. गुप्त बहादुर श्रेष्ठबाट २ लाख र चैनपुर नगरपालिकाको कार्यालयबाट १ लाख ५० हजार गरि २० लाखको बजेटबाट एम्बुलेन्स खरिद गरिएको वडा नं. १० का वडाध्यक्ष धन बहादुर तामाङले बताउनुभयो ।

बुधबार खराङ स्वास्थ्य चौकीमा आयोजना एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा स्वास्थ्य चौकीका व्यवस्थापकलाई एम्बुलेन्सको चावी हस्तान्तरण गर्नुहुदै संघिय सांसद दिपक खड्काले स्थानीय सरकारको रुपमा रहेको वडा सरकारले जनताको स्वास्थ्य जस्तो सम्वेदनशिल विषयलाई मध्य नजर गरी एम्बुलेन्स खरिद गरिनुले गम्भिर प्रकृतिका रोगीहरुलाई समयमा सु्विधायुक्त अस्पतालसम्म पुर्याउन यो एम्बुलेन्स कोशेढुङ्गा सावित हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

हस्तातरण कार्यक्रममा खाँदवारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाले वडाको लागत साझेदारीमा भएको यस किसिमको काम जिल्लामा नै नमुना भएको बताउनुहुदै यस एम्बुलेन्सका माध्यमबाट रोगीहरुको उपचारमा सहजता हुने वताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख वविता अधिकारी, सहयोगदाता समाज सेबी डा गुप्तबहादुर श्रेष्ठ लगायत जिल्लाका बुद्धिजीवीहरुको समेत उपस्तिथी रहेको थियो ।




क्याटेगोरी : जीवनशैली, स्थानीय, स्वास्थ्य
ट्याग : #hot, #आर्थिक सहयोग, #एम्बुलेन्स, #चैनपुर नगरपालिका, #दिपक खड्का, #संखुवासभा, #सहयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्