ज्येष्ठ नागरिकको भत्ता पाँचहजार बनाइने
महोत्तरी । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आउँदो आर्थिक वर्षको बजेटबाट ज्येष्ठ नागरिकको भत्ता पाँचहजार बनाइने बताएका छन् । आउँदोे आर्थिक वर्षबाट जेष्ठ नागरिकले मासिक रुपमा पाँच हजार पाउनेगरी काम भइरहेको बताएका हुन् ।
सोही कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारले यसपटकको बजेटमा कृषि र उत्पादनमा जोड दिने गरी नीति तथा कार्यक्रम आउने समेत जानकारी दिए । यसअघिका सरकारले बेचिएका सरकारी उद्योग र कलकारखाना फिर्ता ल्याउने समेत बताएका छन् ।
महोत्तरीको बर्दिवास नगरपालिकामा बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय उदघाटनका क्रममा सो कुरा बताएका हुन् । चुनावताका वृद्धभत्ता बढाउने प्रतिबद्धता गरेपनि नबढेकोमा आलोचना हुँदै आएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #ईश्वर पोखरेल, #ज्येष्ठ नागरिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्