तारकेश्वर मनमैजुमा माइक्रो पार्क हटाई डिप बोरिङ गर्न खोजेपछि स्थानीयले लखेटे

काठमाडौं । तारकेश्वर वडा नं. १० मा स्थानीय जनताको सल्लाह विना माइक्रो पार्क हटाई डिप बोरिङ गर्न खोजेपछि स्थानीयले लखेटेका छन् । स्थानीयवासी केशव शर्मा पौडेलले बताएअनुसार वडाभित्र चल्ने सार्वजनिक गाडी व्यवस्थापनका लागि स्थानीय सरकारको पहिलो कार्यकालमा जनताको मागअनुसार बनाइएको माइक्रो पार्कलाई बन्द गराउन अहिलेको स्थानीय सरकार लागेपछि जनताले सशक्त विरोध जनाएका हुन् । पौडेलले भने अहिले डिप बोरिङ खन्ने मेसिन सो स्थानबाट हटाएर अन्यत्र लगिएको छ ।
तारकेश्वर वडा नं. १० मा स्थानीय सरकारको पहिलो कार्यकालमा वडाअध्यक्ष अमृत थापाको पालामा बाँसघारी नजिक बोरिङ कार्यका लागि बागमती प्रदेश सरकारबाट आएको बजेटमा काम गरी वडा नं. १० को शिवनगर र वडा नं. ९ कमो नवीन नगरमा खानेपानी वितरण गर्ने योजनालाई नवनिर्वाचित स्थानीय सरकारले आफ्नो पार्टीको नाम नआउने भएकाले बोरिङ खन्ने कार्यमा अवरोध गरीस् खन्न दिएका थिएनन् ।
अहिले आफैंले पनि सो स्थानमा बोरिङ खन्ने योजना बनाए पनि अन्तिम समयमा आएर नगर प्रमुखको निर्देशन अनुसार सो स्थानमा बोरिङ नखनी माइक्रो पार्कमा लगेको एक काँग्रेस स्थानीय नेताले बताएका छन् । माइक्रो पार्क हटाई डिप बोरिङ खन्न खोजेपछि त्यसको चौतर्फी विरोध भएको हो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर मनमैजु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्