नागार्जुन साहित्यिक प्रतिष्ठानको मासिक सुप्रभात काव्यगोष्ठी
काठमाडौं । नागार्जुन साहित्यिक प्रतिष्ठानको मासिक सुप्रभात काव्यगोष्ठी सदाझैँ तेस्रो शनिबार एक दर्जन रचना वाचन तथा ती कवितामाथि समसामयिक विमर्श गर्दै सुसम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कवि लीलाराज दाहालले ‘दुस्मनसाम’ पछि हट्ने सरदार उस्तै छ’ शीर्षकीय गजल, रामदेव पाण्डेले ‘जाबो विज्ञान’ रामकृष्ण आचार्यले ‘युद्धको परिणाम’ र प्रतिष्ठानका निवर्तमान अध्यक्ष प्रकाश सिलवालले ‘घाम नियाल्दै चराहरू’ वाचन गरेका थिए ।
त्यसैगरी सुजिता अविरलले ‘कुकर्मका पर्दाहरू’ शीर्षकको गजल वाचन गरिन् भने रत्न विरही घिमिरेले ‘तेजाब हाल्दैछु म’ शीर्षकीय छन्द कविता सुनाए ।
यसरी नै जनक भण्डारीले ‘जुठाभाँडा देखाउने सासूको रवाफ’ शीर्षकको गजल, भेषेन्द्र अर्यालले ‘धुम्रपान’ केशव सिलवालले ‘धुवाँको साम्राज्य’ र युवराज नास्तिकले ‘भुसुना’ शीर्षकीय कविता प्रस्तुत गरे ।
शृङ्खलालाई सुचारु गर्दै शिवहरि पाण्डेले ‘फेरि नखोजी नहुने दरकार छ’ शीर्षकको गजल र दिल पौडेलले ‘सीडीओको सेतो घोडा’ वाचन गरेका थिए ।
प्रतिष्ठानका महासचिव युवराज नास्तिकले सहजीकरण गरेको सो कार्यक्रममा समालोचक डा. श्रीराम खनालले वाचित रचनाको सटीक शल्यक्रिया गरेका थिए । उनले वाचित कविताहरू समकालीन युगका प्रतिनिधि सिर्जना भएको दाबी गरे । ‘सिर्जनामा विकृति, विसङ्गति मात्र उधिनिएको छैन अपितु व्यङ्ग्यवाण पनि प्रहार गरिएको छ । वाचित रचनाले वास्तवमै सिङ्गो युगको आवाज बोलेका डा. खनालको जिकिर थियो ।
अध्यक्ष दिल पौडेलले अर्को कार्यक्रम आगामी ज्येष्ठ महिनाको बीस गते उही स्थान र समयमा आयोजना हुने अवगत गराउँदै कार्यक्रमको विधिवत् समापन गरेका थिए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुन साहित्यिक प्रतिष्ठान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्