स्थानिय तह कर्मचारी युनियनको उपाध्यक्षमा नारायण तिमिल्सिना सर्वसम्मत निर्वाचित

काठमाडौं । स्थानिय तह कर्मचारी युनियनको उपाध्यक्षमा नारायण प्रसाद तिमिल्सिना सर्बसम्मतीले केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन ।
तारकेश्वर धर्मस्थली निवासी तिमिल्सिना काठमाडौंमा सम्पन्न स्थानीय तह कर्मचारी युनियन नेपालको प्रथम केन्द्रिय महाधिवेशन बाट खुल्ला तर्फबाट उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन ।
स्थानीय तह कर्मचारी ट्रेड युनियन आन्दोलन मार्फत तिमिल्सिना स्थानीय तहमा कार्यरत र समायोजित कर्मचारी सवैको पेशागत हक हित एवं अवकाशपछिको सामाजिक सुरक्षा जस्ता गम्भीर विषयमा बिगत लामो समय देखी लाग्नुभएको थियो ।
निर्वाचत भए संगैं स्थानीय तहमा काम गर्ने कर्मचारीमाथि केन्द्रीय सरकार प्रदेश र स्थानीय सरकारबाट भएका विभेदकारी कानूनको संशोधन पेशागत हक हितको सुरक्षा, अस्थायी, करार कर्मचारीहरुको स्थायित्व , न्यायिक समायोजन, आस्थाका आधारमा गरिने सरुवा बढुवाको अन्त्य जस्ता विभिन्न पेशागत माग र मुद्दाहरुमा आफ्नो सक्रिय भूमिका रहने बताउनुभयो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #स्थानिय तह कर्मचारी युनियनको उपाध्यक्षमा नारायण तिमिल्सिना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्