बुढानिलकण्ठ सिप सम्मेलन तथा कृषि मेला : ७१ स्टलमा हजारौले गरे अबलोकन

बुढानीलकण्ठमा दुई दिने सीप सम्मेलन तथा कृषि मेला–२०७९ भव्य रुपमा सम्पन्न भएको छ । स्थानीय उत्पादनलाई प्रदर्शन तथा प्रवर्द्धन गर्न नगरपालिकाले आयोजना गरेको सो मेलामा रहेका ७१ वटा स्टलहरुमा हजारौले अबलोकन तथा कारोवार गरेका छन।
स्थानीय महिला समुह ,कृषि समुह ,घरेलु उद्योगहरुको सहभागितामा बुढानिलकण्ठ मन्दिर क्षेत्रमा आयोजना गरिएको सो मेलामा चैत्र ४ गते काठमाण्डौ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरुले मेलाको अबलोकन गरेका थिए।
सो मेलामा हातबाट बुनेका सामान, काठबाट बनाइएका, गाँजा र अल्लोबाट बनाइएका कपडा, जैविक खाने परिकार, विषादिरहित तरकारीलागायत सामानहरुको स्टल राखिएको थियो।
मेलाको उदघाटनमा नगरप्र्रमुख मिठाराम अधिकारीले स्थानीय उत्पादन र घरेलु व्यवसायलाई बजारीकरण गर्न सीप सम्मेलन तथा कृषि मेला आयोजना गरिएको बताउदै सीप सम्मेलनले आगामी दिनमा व्यवसायलाई थप उत्प्रेरणा हुने विश्वास व्यक्त गरेका थिए ।
नगर उपप्रमुख अनिता लामाले नगरपालिकाभित्रका स्थानीय तथा घरेलु उत्पादन बजारीकरण गर्दै राष्ट्रिय अर्थतन्त्रमा जोड्न सीप सम्मेलन तथा कृषि मेला गरिएको जानकारी दिएकी थिइन्।
क्याटेगोरी : स्थानीय
ट्याग : #बुढानिलकण्ठ सिप सम्मेलन तथा कृषि मेला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्