हिम रश्मी हाई स्कुलले शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गर्दै
काठमाडौं । तारकेश्वर वडा नं. ९ स्थित डाडाँगाउँमा अवस्थित हिम रश्मी हाई स्कुलले फागुन २७ गते २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको दिन शैक्षिक प्रदर्शनी तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
विद्यालय प्राङ्गणमा हुने कार्यक्रममा काठमाडौं क्षेत्र नं. ६ का प्रतिनिधि सभा सदस्य तथा शिक्षाप्रेमी मा. शिशिर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने विद्यालयले जनाएको छ ।
हिम रश्मी हाई स्कुलले प्रत्येक वर्ष बृह्त विज्ञान, कला, साहित्य, स्वास्थ्य गणित, सामाजिक आदि विषयमा विद्यार्थीहरुले ज्ञान आर्जन गरी प्रयोगात्मक रूपमा तयार पारेका शैक्षिक सामाग्रीहरू प्रदर्शनमा राखिनेछ । हिम रश्मी हाई स्कुल तारकेश्वरमा सबैभन्दा उत्कृष्ट नतिजा दिने विद्यालय हो ।
ईसिए/सिसिएमा पनि स्थानीय सरकार, प्यावशन, ओप्स लगायत विधिक संस्थाहले गरेका कार्यक्रमहरुमा हिम रश्मीले सफलता हासिल गर्दै आइरहेको छ । विद्यालयका प्रिन्सिपल लोकेन्द्र बहादुर खड्का भन्नुहुन्छ – “ हिम रश्मी विद्यालयले शैक्षिक ज्ञानसँगै व्यवहारिक शिक्षाका लागि प्राथमिकता दिँदै आइरहेको छ ।”
विद्यालयको शैक्षिक वातावरणका लागि व्यवस्थापन पक्ष सबैभन्दा उत्कृष्ट हुन आवश्यक छ । त्यसका लागि हिम रश्मीले तारकेश्वरमा उत्कृष्ट व्यवस्थापन गर्न सफल भएको छ । कक्षा ११ र १२ का लागि समेत हिम रश्मी हाई स्कुल उत्कृष्ट नतिजा दिने विद्यालय हो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #हिम रश्मी हाई स्कुल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्