यी हुन् नेकपा एमालेबाट मन्त्री बन्नेहरू

काठमाडौं। नेकपा एमालेको पहल र सक्रियतामा बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेबाट आठ जना मन्त्रीले सहभागिता पाएका छन् ।
एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा आठ जना मन्त्रीलाई सरकारमा सहभागी गराएको हो । जस अनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी उपाध्यक्ष पौडेलले पाएका छन् ।
यस्तै, एमालेबाट डा. विमला राई पौडेल परराष्ट्रमन्त्री, हरि उप्रेती रक्षामन्त्री, पदम गिरी स्वास्थ्यमन्त्री, भगवती चौधरी महिला बालबालिका तथा समाजकल्याणमन्त्री, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास मन्त्री बनेका छन् ।
यसैगरी राजेन्द्र राई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री र दामोदर भण्डारी उद्योग, वाणिजय तथा आपूर्ति मन्त्री बनेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्