अझै हटेको छैन मनाङमा हिउँ ,हेर्नुहोस १० तस्विरमा
हिमालपारीको जिल्ला मनाङमा हिउँ अझै हटेको छैन । हिउँद नजिकदै गर्दा समेत मनाङका बिभिन्न गाँउहरु सेताम्बै छन । बर्षा र हिमपातका कारण मनाङको जनजीवन प्रभावित भएको छ ।
सदरमुकामसहित जिल्लाका १३ वटै गाविसमा बाक्लो हिउ परेको छ । पाइपमा पानी जमेपछि सर्वसाधारण्ँले हिउ पगालेर निस्किएको पानी पिउन बाध्य भएका छन् । हिमपातका कारण एकमात्र हुम्डे विमानस्थलपनि बन्द छ । हिउँद शुरु हुनासाथ मनाङ्गमा चिसो बढ्न थाल्ने भएकाले अधिकाँश बासिन्दा भने यसअघि नै जिल्ला छाडेर लमजुङ लगायत अयन्त्र झरिसकेका थिए । हाल मनाङमा केही स्थानीय बासिन्दा र केहि कार्यलयका कर्मचारी र ब्यापारीहरुमात्र रहेका मनाङबाट विपि लामाले जानकारी दिए ।
हिमपातले अन्नपूर्ण पदमार्गका पर्यटकलाई कठिनाइ परेको पर्यटन ब्यवसायी विनोद गुरुङले वताए । हिमपातसंगै अन्नपूर्ण पदमार्ग र ५ हजार ४ सय १६ मिटरको थोराङला भञ्ज्याङ चढ्न हिडेका पर्यटकहरु गन्तब्यमा पुग्न सकेका छैनन् । मनाङमा परेको हिउ २र३ फिटसम्म जमेपछि स्थानीयवासिन्दा पनि समस्यामा परेका हुन ।
मनाङमा हाल यातायत भने संचालनमा आएको छ ।
तस्विर : बिनोद गुरुङ्ग










क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मनाङमा हिउँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्