राजनीतिक अस्थिरताले सामाजिक अराजकता र सांस्कृतिक विचलन ल्याउन सक्छ

काठमाडौं। नेकपा एमालेका महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक अस्थिरताले सामाजिक अराजकता र सांस्कृतिक विचलन ल्याउन सक्ने बताएका छन् ।
मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट प्राप्त परिणामले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएकोप्रति चिन्ता व्यक्त गर्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरताले सामाजिक अराजकता र सांस्कृतिक विचलनको खतरा पनि बढेको टिप्पणी गरेका हुन् ।
शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘राजनीतिक अस्थिरताले सामाजिक अराजकता र सामाजिक अराजकताले साँस्कृतिक विचलनतर्फ समाजलाई डोर्याउँदैछ, सचेत बनौँ ।’
सबै नीतिहरूको मुल नीति राजनीति भएको र राजनीति नै गलत दिशातर्फ अघि बढेकाले समाजका हरेक इकाई र अङ्गहरू सचेत रहनुपर्ने उनको भनाइ छ । निर्वाचनले कुनै पनि दललाई सत्ता सञ्चालनको स्पष्ट म्यान्डेट नदिएकाले मुलुक अस्थिरतातर्फ जाने खतरा रहेको उनको टिप्पणी छ ।
पोखरेलले देशको वर्तमान आवश्यकतालाई दृष्टिगत गरी राजनीतिक अस्थिरता रोक्न दलहरूले सोचविचार गरेर अधिक प्रयत्न प्रयत्न गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शंकर पोखरेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्