तीव्र रूपमा विकासको काम भइरहेको छः पूर्वसभामुख नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टीका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले मुलुकमा तीव्र रूपमा विकासको काम भइरहेको बताउनुभएको छ । इलाम देउमाई नगरपालिकाको ‘पर्यटन र साहित्य महोत्सव’को आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सरकार सुखी नेपाली समृद्ध नेपालको नारा लिएर मुलुकको विकास निर्माणमा लागेकाले यसमा सबैले सहयोग गर्नुपर्छ । ”
नेता नेम्वाङले नेकपा नाम रहेको ‘विप्लव’ समूहले अहिले मुलुकमा विध्वश र त्रास फैलाउन लागिपरेको बताउँदै राष्ट्र निर्माणका लागि अब बन्दुक बोकेर हिँड्न सम्भव छैन भन्नुभयो ।
देउमाईको मङ्गलबारेमा भएको यो महोत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गर्ने विश्वास व्यक्त गर्दै उहाँले इलाम आफैंमा एक पर्यटकीय जिल्ला भएकाले यहाँका पर्यटकीयस्थलको प्रवद्र्धन गर्न सकेमा इलाम पर्यटकका लागि प्रमुख आकर्षक गन्तव्य हुने बताउनुभयो ।महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ ।
क्याटेगोरी : विशेष
ट्याग : #सुवासचन्द्र नेम्वाङ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्