झापा-१ मा महामन्त्री शर्मालाई ७ हजार मतान्तरको अग्रता

झापा । झापा(१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ७ हजार मतान्तरसहित अग्रता लिएका छन् । मंगलबार साँझसम्म गनेको ३६ हजार ६६४ मतमध्ये शर्माले १८ हजार ३७४ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले ११ हजार ३३१ मत पाएका छन् । शर्माले खरेलले भन्दा ७ हजार ४३ मत पाएका हुन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ३ हजार ६५३ मत पाएका छन् ।
यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीले जित हासिल गर्दा कांग्रेसका शर्मा पराजित भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #विश्वप्रकाश शर्मा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्