मंसिर ४ पछि एमाले नेतृत्वमा सरकार बन्छ : महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर ४ पछि एमालेको नेतृत्वमा जनताको सरकार बन्ने बताउनुभएको छ। आज दाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिलेको गठबन्धन सरकारले देश र जनताको वेवास्ता गरेको बताउनुभयो । अहिलेको गठबन्धन सरकार विकास विरोधी रहेको भएको भन्दै उहाँले मंसिर ४ गते गठबन्धन सरकारलाई बिदाइ गर्ने बताउनुभयो ।
मंसिर ४ मा जनताको काम गर्ने पार्टीलाई जिताउनुपर्ने महासचिव पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्तो सरकार राखेर जनताको भाग्य र भविष्य बन्न सक्छ रु बन्दैन, त्यसकारण मंसिर ४ गतेका दिन गठबन्धलाई बिदाइ गर्ने हो, नेकपा एमालेको नेतृत्वमा जनताको सरकार बनाउने संकल्प तपाईं हामीले गर्नुपर्नेछ ।’ गठबन्धन सरकार बनेपछि विकासका काम ठप्प भएका र गठबन्धन सरकारले एमालेले ल्याएका विकासका योजना काटेको बताउनुभयो ।
गठबन्धन सरकारका कारण देशको अर्थतन्त्र अस्तव्यस्त भएको पनि महासचिव पोखरेलले बताउनुभयो । जनताको काम गर्ने, जनताको समस्या समाधान गर्ने र विकास गर्ने पार्टी एमाले मात्रै रहेको भन्दै उहाँले विकासका काम गर्नेलाई भोट दिन सबैलाई आग्रह गर्नुभयो । महासचिव पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा विकास र निर्माणका कामलाई तिब्रता दिएको बताउनुभयो ।
महासचिव पोखरेलले थप्नुभयो,‘दाङमा हामीले विकासको खाका कोरेका छौं, धेरै काम अघि बढाएका छौं, मैले मुख्यमन्त्री हुँदा धेरै काम गरेको छु,तपाईंहरुले यति बुझ्नुपर्छ, दाङको विकास गर्नेले भोट पाउँछ, बजेट काट्नेलाई भोट दिनुहुँदैन ।’
केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ३ वर्षको अवधिमा एेतिहासिक काम भएका महासचिव पोखरेलले बताउनुभयो ।उहाँले भन्नुभयो,‘भेरीको पानीलाई बबईमा खसाल्न, सुनकोशीको पानी वाग्मतीमा खसाउने योजना अगाडि बढेको छ, यसले के देखिन्छ भने एउटा देशभक्त र जनताका पक्षको सरकार भयो भने असम्भव भनिएको कुरालाई पनि सम्भव बनाउने सामर्थ्य राख्ने रहेछ ।’
केपी ओली नेतृत्वको सरकारले १८ घण्टे लोडसेडिङ हटाएर र देशलाई बिजुली निकासी गर्ने आधार बनाएको उहाँले बताउनुभयो ।
मंसिर ४ मा परमादेशी सरकारलाई हटाएर एमालेको नेतृत्वमा बहुमतको सरकार बनाइने बताउँदै महासचिव पोखरेले भन्नुभयो, ‘अदालतले बनाएको परमादेशी सरकारलाई बिदाइ गर्नेछौं र एमालेको नेतृत्वमा जनताको सरकार बनाउनेछौं ।’
गठबन्धनवालाहरुले वृदभत्ता नबढाएको उहाँले बताउनुभयो । वृद्धवृद्धालाई माया गर्ने पार्टी एमाले मात्रै रहेको महासचिव पोखरेलले बताउनुभयो । विकासको नेतृत्व गर्ने र नाकाबन्दी अन्त्य गर्ने काम पनि एमालेले गरेको उहाँले बताउनुभयो । एमालेको सरकार हुँदा किसानलाई मल, सिंचाईको व्यवस्था गरेको गठबन्धनले वेवास्ता गरेको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मंसिर ४ पछि एमाले नेतृत्वमा सरकार बन्छ, #शंकर पोखरेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्