सत्ता गठबन्धनले दोलखामा बुथ कब्जा गर्ने तयारी गरेको छ: पार्वत गुरुङ
दोलखा । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पार्वत गुरुङले पाँच दलीय सत्ता गठबन्धनले दोलखामा बुथ कब्जा गर्ने तयारी गरेको आरोप लगाउनु भएको छ ।
नेता गुरुङले भन्नुभयो, ‘गठबन्धनले बुथ कब्जा गरेर चुनाव जित्छु भनेर जनतामा प्रचार गरेर भ्रम पैदा गरेको छ, त्यो मनोविज्ञान लिएर हिँडेको छ । नेकपा एमाले दोलखाले यही चुनावबाट त्यो बुथ कब्जाको दुष्प्रयास अन्त्य गर्ने सार्वजनिक घोषणा गर्दछ । दोलखाको कुनै पनि ठाउँमा बुथ कब्जा हुने छैन, ढुक्क भएर मतदान गर्न सकिने छ । यति हुँदा हुँदै पनि बलजफ्ती कसैले जनताको स्वविवेक अपहरण गरेर बुथ कब्जा गर्ने हिम्मत गर्छ भने त्यस्ता आपराधिक व्यक्ति जनताको बीचमा हुन्छ कि हुँदैन, दोलखामा रहन्छ कि रहँदैन म खुला रूपमा चुनौती दिन चाहन्छु ।’
दोलखामा गठबन्धनले चुनाव जित्ने मनोविज्ञान पालेर बसेको भए पनि उनीहरूको त्यो सपना पूरा हुन एमालेले नदिने बतानुभयो। उहाँले भन्नुभयो, ‘दोलखाको प्रमुख शक्ति अहिले पनि एमाले हो र भविष्यमा पनि एमाले नै हुनेछ । विभिन्न शक्तिको प्रयोगबाट चुनाव जित्ने सपना केवल सपनामै सीमित पारिने छ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #पार्वत गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्