अर्को निर्वाचनसम्म भूमिहीन र सुकुम्बासीको समस्या रहने छैन : शंकर पोखरेल
दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मंसिर ४ पछि एमालेको सरकार गठन हुँदा सुकुम्बासी र भूमिहीनहरूको समस्या दुई वर्षभित्र टुङ्याउने योजना रहेको बताएका छन् ।
आज आइतबार दाङमा आयोजित चुनावी भेलामा महासचिव पोखरेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन र सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्न कानुन निर्माण र शक्तिशाली आयोग गठन गरी काम शुरु गरिरहेको अवस्थामा सरकारबाट हट्नुपरेकाले टुङ्गोमा पुर्याउन नपाएको स्पष्ट पारे ।
महासचिव पोखरेले एमालेलाई बहुमतको सरकार गठन गर्ने गरी विजयी बनाएको खण्डमा अर्को निर्वाचनमा जनतासामु आउँदा भूमिहीन र सुकुुम्वासीको समस्याबारे चर्चा गर्न नपर्ने अवस्था सृजना गरिने बताएका हुन् ।
उनले सुकुम्बासी समस्या समाधान गर्ने काम पहिलो पटक २०५१ सालमा नेकपा (एमाले) को नौ महिने अल्पमतको सरकारले गरेको स्मरण गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्