सन्दीप लामिछाने विरुद्धको अभियोगपत्र आज दर्ताको तयारी
काठमाडौं । बलात्कार आरोपपछि प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आइतबार (आज) अदालतमा अभियोग पत्र दर्ताको तयारी भएको छ। शुक्रबार अपरान्ह अनुसन्धान प्रतिवेदन प्रहरीले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।
सरकारी वकिल कार्यालय स्रोतका अनुसार आइतबार अभियोगपत्र दर्ताको तयारी भइरहेको बतायो। आज अभियोग पत्र दर्ता भएपनि तिहार नसकिँदासम्म सन्दीप प्रहरी हिरासतमै रहने सम्भावना छ । सोमबारदेखि अदालत विदा हुने भएकाले बयान र थुनछेक बहसको काम प्रभावित हुने भएको हो।
सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। उनीमाथि १७ वर्षीय किशोरीले बलात्कारको आरोप लगाएकी छिन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने, #सन्दीप लामिछाने विरुद्धको अभियोगपत्र आज दर्ताको तयारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्