बुढानिलकण्ठ नगरपालिका १ बाट नेकपा एमालेको जनता साक्षात्कार अभियान सुरु
काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका वडा नं १ बाट नेकपा एमालेका उम्मेदवारहरुले जनता साक्षात्कार अभियान सुरु गरेका छन।
काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडा मध्ये उत्तरी सिमानामा रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं १ का जनताहरु संग प्रत्यक्ष साक्षात्कार सुरु गरेका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई र प्रदेस सभा सदस्य पदका उम्मेदवार जयराम थापाले अभियानको सुरुवात बुढानिलकण्ठ दर्शन गर्दै बटुक र पण्डितबाट टिका ग्रहण गरेर गरेका थिए।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ (२ ) का संयोजक जिल्ला कमिटी सदस्य राजन पोखरेलको संक्षिप्त सम्बोधन पश्चात सुरु भएको सो कर्यक्रममा अन्तर्गत नेकपा एमालेका उम्मेदवारहरुले वडा नं १ का विभिन्न टोलका जनताहरु संग अन्तरक्रिया तथा भेटघाट गरेका थिए।
सो जनता साक्षात्कार अभियानको सुरुवातमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ (२) सह संयोजक शिला लामा ,सचिव गोविन्द कटवालल ,नेकपा एमाले नगर कमिटी अध्यक्ष प्रदिप डंगोल सहित विभिन्न कमिटीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #बुढानिलकण्ठ नगरपालिका, #बुढानिलकण्ठ नगरपालिका १ बाट नेकपा एमालेको जनता साक्षात्कार अभियान सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्