बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । इण्डियन आयल कर्पोरेशन लिमिटेडले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक बढेर आएको छ । निगमका अनुसार पेट्रोलमा रु.१.७४ प्रति लिटर, डिजेलमा रु. १५.६० प्रति लिटर र हवाई इन्धनमा रु. १०.२५ प्रति लिटरले बढेर आएको हो ।
यसले डिजेलमा रु. ६.३४ प्रति लिटर घाटा (रु. १८.५१ करोड घाटा) र एल.पी.ग्यासमा रु. ३२५.४४ प्रति सिलिण्डर घाटा (रु. ३७.६० करोड घाटा) भई पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब रु. ३९ करोड नाफा हुने निगमको प्रक्षेपण छ ।
निगमका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनियम दर कमजोर हुँदै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र इण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं आन्तरिक ऋणको व्यवस्थापन गर्न निगमलाई अझैपनि चुनौतिपूर्ण अवस्था रहेको छ । निगमको हाललाई पेट्रोलियम पदार्थको सालिकको खुद्रा बिक्री मूल्य यथावत राखेको पनि जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पेट्रोलियम पदार्थ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्