भक्तपुरले सिहंदबारको नेतृत्व गर्छ : महेश बस्नेत

भक्तपुर । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् युवा नेता महेश बस्नेतले अब भक्तपुरले सिंहदरबारको नेतृत्व गर्ने बताएका छन् ।
प्रेस चौतारी भक्तपुर जिल्ला शाखाले आयोजना गरेको ‘नेकपा एमालेका उम्मेदवारसँग सञ्चारकर्मी’ विषयक कार्यक्रममा नेता बस्नेतले भक्तपुरमा एमालेले विकासको लहर सृजना गरेकाले लोकप्रिय रहेको बताउँदै अब भक्तपुरले नै सिंहदरबारको नेतृत्व गर्ने बताएका हुन् ।
‘हामी सबै जना भक्तपुरलाई नमूना जिल्ला बनाउन लागेका छौं,’ एमालेका उम्मेदवार बस्नेतले भने, ‘अब भक्तपुरले नै सिंहदरबारको नेतृत्व गर्ने समय आएको छ ।’ विगतको निर्वाचनबाट नै भक्तपुरमा एमाले जनतामाझ परिचित पार्टी भइसकेको बताउँदै उनले अगाडि भने, ‘हामी यो निर्वाचनमा तेब्बर मत ल्यार जित्दै छौँ ।’
राष्ट्र र राष्ट्रियताको हितमा लाग्ने पार्टी एमाले भएकाले पनि जनताले माया र विश्वास गर्ने अपेक्षा बस्नेतको थियो । पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले आफूलाई हराउनकै लागि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भक्तपुरका सडक योजनाहरूको बजेट काटेको आरोप पनि लगाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #महेश बस्नेत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्