खेत बगरमा परिणत
मुगु I लगातार छ दिनसम्म परेको अविरल वर्षाले मुगु जिल्लाको खत्याड गाउँपालिकामा मानवीय क्षति नभए पनि भौतिक रूपमा क्षति पुर्याएको छ ।अन्न बाली भित्र्याउने बेला वर्षाले धान, मकै, सिमी, मासलगायतका बाली बोटमै ढल्नुका साथै कोदो, फाफर बोटमै कुहिएका छन् । खेतीयोग्य जमिन खोलाले बगाएर बगरमा परिणत हुनुका साथै बाँकी रहेका खेतमा खोलाको बालुवा, ढुङ्गा र माटो पसेर धान पुरिएका छन् ।
जलविद्युत्को पावर हाउस साथै पशु चौपाया बगाएको छ । खत्याड गाउँपालिकामा तीन हजार छ सय घरधुरीमध्ये दुई हजारभन्दा बढी घर जोखिममा परेको बताइएको छ । वर्षाले के कति क्षति पुर्याएको भन्ने यकिन तथ्याङ्क सङ्कलन गर्न कठिन भएको छ । खत्याड वडा नं ३ का वडा सदस्य डबल बानियाँले भन्नुभयो, “ क्षतिको विवरण सङ्कलन गर्न भनी सूचना प्रकाशन गरेको छौँ ।” यसै क्रममा गाउँपालिकाका अध्यक्ष, कृषि शाखा प्रमुख, सुरक्षाकर्मी र स्थानीय क्षतिको यकिन गर्न खटिएका जनाइएको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #खेत बगरमा परिणत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्