खेत बगरमा परिणत

मुगु I लगातार छ दिनसम्म परेको अविरल वर्षाले मुगु जिल्लाको खत्याड गाउँपालिकामा मानवीय क्षति नभए पनि भौतिक रूपमा क्षति पुर्याएको छ ।अन्न बाली भित्र्याउने बेला वर्षाले धान, मकै, सिमी, मासलगायतका बाली बोटमै ढल्नुका साथै कोदो, फाफर बोटमै कुहिएका छन् । खेतीयोग्य जमिन खोलाले बगाएर बगरमा परिणत हुनुका साथै बाँकी रहेका खेतमा खोलाको बालुवा, ढुङ्गा र माटो पसेर धान पुरिएका छन् ।
जलविद्युत्को पावर हाउस साथै पशु चौपाया बगाएको छ । खत्याड गाउँपालिकामा तीन हजार छ सय घरधुरीमध्ये दुई हजारभन्दा बढी घर जोखिममा परेको बताइएको छ । वर्षाले के कति क्षति पुर्याएको भन्ने यकिन तथ्याङ्क सङ्कलन गर्न कठिन भएको छ । खत्याड वडा नं ३ का वडा सदस्य डबल बानियाँले भन्नुभयो, “ क्षतिको विवरण सङ्कलन गर्न भनी सूचना प्रकाशन गरेको छौँ ।” यसै क्रममा गाउँपालिकाका अध्यक्ष, कृषि शाखा प्रमुख, सुरक्षाकर्मी र स्थानीय क्षतिको यकिन गर्न खटिएका जनाइएको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #खेत बगरमा परिणत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्