स्ववियू निर्वाचन समयमै गर्न विद्यार्थी संगठनको माग
सबै पार्टी सम्वद्ध विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू)को निर्वाचन समयमै हुनु पर्ने माग गरेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राजधानीमा राखेको ‘स्ववियू निर्वाचनको सवाल विषयक अन्तरक्रिया कार्यक्रम’मा सबै विद्यार्थी संगठनले समयमै स्ववियू निर्वाचन हुनुपर्ने बताएका हुन् ।
अनेरास्ववियूका कार्यवाहक अध्यक्ष रस्मी आचार्यले तोकिएकै मितिमा स्ववियू निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन् । स्ववियू निर्वाचन गराउने समयमा विद्यार्थी संगठनहरुले अनेक बखेडा झिकेर विवाद गर्न नहुने आचार्यले बताए । ‘हामीले स्ववियू निर्वाचन समयमै गर्ने यसअघि नै सहमती गरेका थियौ ।’ आचार्यले भने, ’सके फागुन १४ नभए फागुनभित्र निर्वाचन हुनु पर्छ । स्ववियू निर्वाचनमा कोही भाग्न नहुने बताउँदै आचार्यले निर्वाचन गराउन सरकार सहित त्रिभुवन विश्वविद्यालयलाई वातावरण बनाउन आग्रह गरे ।
‘स्ववियूले विद्यार्थीको हक हितमा काम नगर्दा आलोचित भएको राम्रैसंग थाहा छ ।’ आचार्यले भने, ‘तर, क्याम्पसमा निर्वाचन नगरेर समस्या सुल्झाउन सकिन्छ ।’ यस्तै अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले विद्यार्थी संगठनले निर्वाचन गराउन नमान्दा स्ववियू संकटमा पर्न थालेको बताए ।
पञ्चायतकालमा स्ववियू पटक पटक खारेज गर्न खोजको प्रशंग कोट्याउँदै अधिकारीले विद्यार्थीको यस्तै रवैया कायम भए खारेज हुन सक्ने बताए । ‘स्ववियू निर्वाचन गराउने सबैभन्दा राम्रो समय यति वेला नै हो । अधिकारीले भने, ‘निर्वाचन प्रणाली निर्वाचन गर्ने वातावरण छैन भन्दै अवरोध गर्न खोजियो भने निर्वाचन नै हुदैन ।’ निर्वाचन गर्ने वेला निर्वाचन प्रणालीको विषयमा बहस गर्दा चुनाव नै नहुने स्थिति आउँने अधिकारीले बताए ।
स्ववियूका नेताहरु नै ठेक्का पट्टा सरुवा बढुवामा लाग्दा बदनाम भएको मोहन वैद्य नेतृत्वका अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए । पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागुगरी समयमै स्ववियू निर्वाचन हुनु पर्ने गजुरेलले बताए । कार्यक्रममा राजपा विद्यार्थी संगठन,सघीय समाजवादी विद्यार्थी संगठन,नेकपा मशाल अखिल छैठौ,माले विद्यार्थी संगठन अखिल पाँचौ,नेत्रविक्रम चन्द विप्लव विद्यार्थी संगठन अखिल क्रान्तिकारी,नयाँ शक्ति विद्यार्थी संगठन, गोपाल किराती माओवादी विद्यार्थी संगठन लगायत विद्यार्थी संगठनका नेताहरुले समयमै स्ववियू निर्वाचन हुनु पर्ने माग गरेका थिए ।
क्याटेगोरी : राजनीति
ट्याग : #स्ववियू निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्