संस्कार स्कुलद्धारा एयरपोर्टमा सुजनलाई भब्य स्वागत

काठमाडौँ। चर्चित भारतीय रियालिटी शो डान्स प्लसमा दोस्रो भएका नेपाली युवा सुजन मार्फा तामाङ लाई अन्तराष्ट्रिय बिमान स्थल काठमाडौमा भब्य स्वागत गरिएको छ ।
समाखुशीमा अवस्थित संस्कार स्कुलका कुशल नृत्य प्रशिक्षक समेत रहेका सुजनलाई संस्कार स्कुलका प्रिन्सीपल प्रकाश पन्त सोही स्कुलका निर्देशक बिमला गुरुङ्ग , Alite Dance Crew का पदाधिकारीहरु लगायत ठुलो संख्यामा उनका फ्यानहरुको बाक्लो उपस्थीती रहेको थियो ।
डान्स प्लस जस्तो चर्चीत रियालिटी शोमा दोसा्रे स्थान हासिल गर्ने सफल भएका सुजनले भारतमा मात्र नभई समग्र नेपाल र नेपालीहरुको शिर उच्च राखेको संस्कार स्कुलकी निर्देशक बिमला गुरुङ्गले बताइन ।
राती ९ बजे भब्य स्वागतका लागी सरप्राइज दिन आएका शुभचिन्तकहरु माझ सुजनले आफुमा थप जिम्वेवारी थपिनुका साथै
आउदा दिनहरुमा नृत्य मार्फत नै नेपाललाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउन प्रतिबद्ध रहेको बताए । साथै
डान्स प्लस जस्तो गौरवमय अवसरबाट आउदा दिनहरुमा भारतीय चलचिलचित्रमा समेत कोरीयोग्राफी गर्ने इच्छा रहेको बताए ।
यो भन्दा पहिले उनी ‘डान्स इन्डिया डान्स’मा सहभागी भएका थिए। उक्त रियालिटी शोमा उनी टप ६ सम्म पुग्न सफल भएका थिए। तर उनी कम भोटको कारण आउट हुन पुगे।
क्याटेगोरी : समाचार
ट्याग : ##, #संस्कार स्कुल, #सुजन मार्फा तामाङ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्