एमालेको विरोधमा सार्वजनिक रूपमै वक्तव्य दिएका रामवीरलेभने एमालेबाटै चुनाव लड्छु
काठमाडौं । एमाले नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट आफू उम्मेदवार बन्ने भन्दै हालै गरिएको सिफारिसको औचित्य नरहेको बताएका छन् ।
क्षेत्रीय कमिटीको सिफारिसको अर्थ नहुने भन्दै केन्द्रबाट आफूले नै टिकट पाउने दाबी गरे । नेपाल प्रेससँग कुरा गर्दै दुईपटक जितेको बहालवाला सांसदलाई छाडेर पार्टीले चुनाव हार्नका लागि अर्को उम्मेदवार खडा नगर्ने बताए ।
एमाले क्षेत्रीय कमिटीले बुधवार काठमाडौं ७ बाट प्रतिनिधिसभाका लागि इन्दिरा पन्त, श्याम घिमिरे र वीपी ढकालको नाम सिफारिस गरेको थियो । सो क्षेत्रबाट रघुजी पन्त र विद्यासुन्दर शाक्यको नाममा समेत छलफल हुँदा दुईपटक सोही क्षेत्रबाट जितेको मानन्धरको नाम भने छलफलमा समेत नआएको नेताहरूले बताएका छन् ।
स्थानीय तह निर्वाचनमा मानन्धरले केशव स्थापितलाई मेयर उम्मेदवार बनाएको विरोधमा सार्वजनिकरूपमै वक्तव्य दिएका थिए । उनीमाथि काठमाडौं १६ नम्बर वडामा कांग्रेस जिताउन खुलेर लागेको र नागार्जुन नगरपालिकामा समेत एमाले हराउन भूमिका खेलेको आरोप छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #रामवीर मानन्धर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्