निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको टिप्पणी गर्नुभएको छ ।
मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुग्नुभएका उहाँले पत्रकारहरुको प्रश्नको जवाफ दिनुहुँदै सरकार निर्माणका क्रममा बहुमतका लागि गठबन्धन गर्नु उचित भए पनि चुनावअघि नै गठबन्धन गर्नु उचित नहुने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्छन् ।’
महासचिव पोखरेलले सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार भएको टिप्पणी गर्नुभयो ।
महासचिव पोखरेलले एमाले भने आफ्नो नीतिको आधारमा अघि बढ्ने र आफ्नो नीतिसँग सहमत हुनेहरुसँग चुनावी तालमेल गर्ने बताउनु भयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक: महासचिव पोखरेल, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्