‘देशको अवस्था बदल्न एमाले ठूलो पार्टी हुनु आवश्यक’: महासचिव पोखरेल
तुल्सीपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश र जनताको अवस्था बदल्न एमाले पहिलो शक्ति हुनुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले तुलसीपुर नगर कमिटीले बुधबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पहिलो पार्टी बनाउन कार्यकर्ता खट्नुपर्ने बताउनुभयो ।
वर्तमान गठबन्धनका कारण देशको अबस्था जर्जर भएको, आर्थिक अबस्था कमजोर भएको हुँदा अब यसको बिकल्प खोज्ने बेला आएको महासचिवले बताउनुभयो ।
नेकपा एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको अभियानमा रहेको चर्चा गर्दै उहाँले पार्टीलाई थप क्रियाशील बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।
पार्टीका बिरुद्ध घेराबन्दी भइरहेको बताउँदै महासचिव पोखरेलले त्यसलाई चिर्नका लागि संगठनलाई सक्रिय बनाउन आग्रह गर्नुभयो ।
महासचिव पोखरेलले वर्तमान सरकार निर्वाचनको मिति घोषणा गर्न आनाकानी गरिरहेको वताउँदै निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्नुभयो ।
उहाँले संगठन निर्माणको कामलाई टोलस्तरमा लैजान निर्देशन दिदै बैठक र प्रशिक्षणलाई पनि टोलसम्मै पुर्याउन आग्रह गर्नुभयो ।
स्थानीय तहको निर्वाचनमा पार्टी एक्लै चुनावी अभियानमा हुँदा पनि मतदाताले उल्लेख्य माया गरेको स्मरण गर्दै संघीय र प्रदेशको निर्वाचन मार्फत् एमाले पहिलो शक्ति हुने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीभित्र अहिले पनि अवसरवादको खोजी गर्ने नेता, कार्यकर्ता भएको उल्लेख गर्दै महासचिव पोखरेलले निर्वाचनमा देखाई दिन्छु भन्ने भावनाले पनि स्थानीय निर्वाचनमा हराउन भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य नरुलाल चौधरीले वर्तमान परिस्थिति र आगामी कार्यभार, केन्द्रीय सदस्य घनश्याम पाण्डेले समृद्धि र समाजवादको आधार निर्माणमा हाम्रो भूमिका र प्राध्यापक सुन्दर गौतमले स्थानीय जनप्रतिनिधि र कार्यकर्ताको सम्बन्ध र कार्यशैलीका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
यसैगरी, प्रेस चौतारी नेपाल दाङ शाखाले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले देशको उन्नति र प्रगतिका लागि एमालेको नेतृत्वमा चुनावी गठबन्धन हुनसक्ने बताउनुभयो ।
नेकपा एमालेले नीति र सिद्धान्तका आधारमा चुनावी गठबन्धन गर्न तयार रहेको बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्