अर्थमन्त्रीमा शर्मालाई पुनः नियुक्ति गरिएकोमा बस्नेतद्वारा असन्तुष्टी व्यक्त
काठमाण्डौं । नेकपा एमालेका सांसद महेश बस्नेतले अर्थमन्त्रीमा जनार्दन शर्मालाई पुनः नियुक्ति गरिएकोमा व्यङ्ग्य गर्दै असन्तुष्टी व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै बस्नेतले प्रधानमन्त्रीलाई धन्यवाद भनेर सुरु गरेर जनार्दन शर्मामाथि कटाक्ष गरेका हुन् । उनले शर्मालाई अर्थमन्त्रीमा फर्काएकोमा सत्ता गठबन्धनका अन्य चार दलका नेतृत्वलाई पनि धन्यवाद भनेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रयोग भएको विषयमा छानबिनको नाममा शर्मालाई चोख्याउने काम भएको भन्दै बस्नेतले व्यङ्ग्यात्मक तरिकाले विरोध गरेका हुन् ।
प्रधानमन्त्रीलाई धन्यवाद, कमरेड प्रचण्ड, कमरेड माधब नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेललाई पनि धन्यवाद । गृहमन्त्रीजीलाई पनि धन्यवाद । छानबिन समितिलाई पनि धन्यवाद । मेटाएको सिसिटिभी फुटेज नदेखाएकोमा, मलगायत कर्मचारीको कल डिटेल नहेरेकोमा, अन्तरवार्ता नलिएकोमा, एमालेको फरक मतलाई इग्नोर गरेकोमा, सत्ताको आडमा बहुमत पुर्याई सफाई दिएकोमा, पुनः मन्त्री पदमा नियुक्त गराएकोमा, अर्थको सेटिङ कायम गराउनेछु । प्रधानमन्त्री भाउजुको आदेश मान्नेछु । सुप्रिमोज्यू सेटिङभित्रै निश्चित डेटिङ बुझाउनेछु । सहयोग नगर्ने कर्मचारी हटाउनेछु । कमिसन नखुवाउने कर्मचारीहरुलाई कारबाही गर्नेछु । चुनावी खर्च जुटाउनेछु । गठबन्धन जिताउन एमाले हराउन लाग्नेछु ।
अर्थको नामका अनर्थ मन्त्री जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु । जनताले सबै मूल्याङ्कन गरेका छन् । महङ्गी, भ्रष्टाचार, कुशासनको मूल्याङ्कन गर्नेछन् । जनताविरोधी देश विरोधी गठबन्धन कमजोर हुनेछ । निर्वाचन आउँदैछ ।
बजेट प्रकरणमा संसदीय विशेष छानबिन समितिले १७ दिन लगाएर अनुसन्धान गरेको थियो । उक्त अनुुसन्धानका क्रममा जनार्दन शर्माले गलत गरेको प्रमाण नभेटिएको प्रतिवेदन तयार परेपछि पुनः शर्मालाई अर्थमन्त्री बनाइएको छ । यसको एमालेले विरोध गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #महेश बस्नेत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्