विपीको राष्ट्रिय मेलमिलाप नीति अझै सान्दर्भिकः अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विपीको राष्ट्रिय मेलमिलापको नीतिलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रेरणाको रुपमा लिएको बताउनुभएको छ ।
पार्टीद्वारा आज यहाँ आयोजित ४३ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘वर्तमान राजनीतिक सन्दर्भमा राष्ट्रिय मेलमिलापको महत्व’ विषयक विचार गोष्ठीमा उहाँले देशको अस्तित्व जोगिए मात्र प्रजातन्त्र जोगिन्छ भन्ने विपीको अवधारणा वर्तमान अवस्थामा अझ सान्दर्भिक भएको बताउनुभयो ।
नेपाल विद्यार्थी सङ्घका संस्थापक संयोजक एवं वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले देशभित्रका ऐतिहासिक शक्ति, धार्मिक शक्ति, परम्परागत शक्ति र राजनीतिक शक्तिहरुको मेलमिलाप आजको आवश्यकता भएको विचार व्यक्त गर्नुभयो ।
नेपाली काङ्ग्रेस विपीका अध्यक्ष हरिबोल भट्टराइले अहिले राष्ट्रियता कमजोर बन्दै गएको अवस्थामा राष्ट्रिय मेलमिलापको खाँचो टड्कारो रहेको बताउँदै राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सबै राष्ट्रवादी एक हुनुपर्नेमा जोड दिनुभयो ।
क्याटेगोरी : राजनीति
ट्याग : #कमल थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्