‘देशको आर्थिक अवस्था नाजुक’ छ: शंकर पोखरेल

सुर्खेत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले देशको आर्थिक अवस्था अत्यन्त नाजुक बनेको वताउनुभएको छ ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भन्नुभयो– वर्तमान गठबन्धन सरकार सुशासनको प्रश्नमा असफल देखिएको छ ।
उहाँले आफ्नो स्वार्थका लागि खुलेआम रूपमा सत्ताको दुरूपयोग गर्ने प्रबृत्ति बढेको वताउनुभयो ।
महासचिव पोखरेलले वामपन्थी एकता गर्ने प्रस्तावको प्रतीक्षामा आफ्नो दल नरहेको बताउनुभयो ।
अहिले एमालेका लागि गठबन्धन प्रधान कुरा नभएको वताउँदै उहाँले चुनावको बेलामा चुनावी तालमेल तत्कालीन रणनीतिक कुरा हो भन्नुभयो ।
छिटोभन्दा छिटो चुनावको माध्यमबाट गठबन्धनलाई पराजित गर्ने र मुलुकलाई अगाडि बढाउन बलियो राष्ट्रिय शक्तिको रूपमा एमाले सक्षम रहेको महासचिवको भनाई थियो ।
परराष्ट्र नीतिको मामिलामा गठबन्धन सरकार असन्तुलित भएको र स्वार्थका लागि विदेशको प्रयोग गर्न थालेको महासचिवले वताउनुभयो ।
महासचिव पोखरेलले नेकपा (एमाले) र माओवादीबीचको जनमतको अन्तर निरन्तर फराकिलो बन्दै गएको र माओवादी ओरालो यात्रामा रहेको बताउनु भएको छ ।
‘२०६४ सालमा माओवादीले ३० प्रतिशत मत पाएको थियो, एमालेले २२ प्रतिशत । यो ठूलो मतान्तर होइन, अहिले एमालेको ३४ प्रतिशत मत छ माओवादीको १२ प्रतिशत छ । यो चाँही ठूलो मतान्तर हो ।’
महासचिव पोखरेल पार्टीको कर्णाली प्रदेश कमिटीको चौथो बैठकका लागि सुर्खेत आउनुभएको हो । उहाँले शनिवार प्रदेश कमिटीको बैठकमा निर्देशनात्मक सम्वोधन गर्नुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले, #शंकर पोखरेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्