गोल्डेन गेट कलेजमा ब्युटीसियन पढाइ हुने, फेसियल हाउससँग भयाे यस्ताे सम्झौता
काठमाडौँ । गोल्डेन गेट कलेज र फेसियल हाउसको संयुक्त आयोजनामा ब्युटी एण्ड हेयर विषयमा अध्यापन हुने सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमबीच फेसियल हाउसको तर्फबाट प्रबन्ध निर्देशक सुस्मा महरा शाह र कलेजको तर्फबाट अध्यक्ष रमेश कुमार सिलवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । गेल्डेनगेटका ११ र १२ कक्षाका विद्यार्थीहरूले मानविकी र व्यवस्थापन अन्तर्गत ऐच्छिक शिक्षाका रुपमा ब्युटिसियन र हेयर ड्रेसिङ फेसियल हाउसमा अध्यापन गर्न पाउने सम्झौता पत्रमा उल्लेख गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले ब्युटी एण्ड हेयरलाई पनि प्लस टु मा ऐच्छिक विषयका रुपमा समावेश गरेसँगै कलेज र फेसियल हाउसले यस विषयमा अध्यापन गराउने भएका हुन् । कलेजका अध्यक्ष सिलवालले सम्झौतापश्चात विद्यार्थीलाई आत्मनिर्भर बनाउने बताएका छन् । उनले भने, ‘यो सम्झौता गर्दा विद्यार्थीले पढदै काम गर्दै आत्मनिर्भर बन्ने प्रोडक्ट हो, यो मोडेल सफल भयो भने अन्य संघ संस्थालाई पनि उदाहरणीय हुनेछ ।’ यस्तै यो सम्झौताले ब्युटीसीयन सम्बन्धी राम्रो जनशक्ति उत्पादन हुने उनले विश्वास व्यक्त गरे । त्यस्तै, फेसीयल हाउसकी प्रबन्ध निर्देशक शाहले सौन्दर्य क्षेत्रको प्रशंसा गर्दै यस क्षेत्रमा राम्रो स्कोप रहेको बताएकी छन् । कलेजले पाठ्यपुस्तकमा नै यी विषयहरू समावेश गरेर विद्यार्थीलाई थप तालिम लिनुपर्ने बाध्यतालाई अन्त्य गरेको धारणा व्यक्त गरिन् ।
उनले भनिन, ‘बिगतका दिनमा कलेज पढिसकेपछि ब्युटीसीयन सिक्न चाहनेले छुट्टै तालिम लिनु पर्थ्यो , तर अहिले कलेजको पाठ्यपुस्तकमा नै यो विषय समावेश गरेको छ, जसले गर्दा विद्यार्थीले पढ्दा पढ्दै काम पनि गर्न पाउनेछन् । काठमाडौँको सुन्धारामा अवस्थित रहेको फेसियल हाउस देशकै उत्कृष्ट सैलुनहरू मध्ये नं १ ब्युटी सैलुनको रुपमा परिचित छ । चाबहिल, बागबजार, सीटीसी मल, पोखरा र सुर्खेतमा फेसियल हाउसको शाखा रहेको छन् ।
फेसियल हाउसले छाला, कपाल सम्बन्धीका समस्यालाई ध्यानमा राखी चीन, मलेसिया, कोरिया र थाइल्याण्डका कम्पनीसँगको साझेदारीमा थोक तथा खुद्रा कस्मेटिक्स सेवाका साथै ब्युटी एण्ड हेयर सम्बन्धी अध्यापन पनि गराउँदै आएको छ । विगत १५ वर्षदेखि शैक्षिक सेवा प्रदान गर्दै आएको गोल्डेनगेट इन्टरनेसनल कलेज देशकै उत्कृष्ट कलेज मध्यको एक कलेजमा गनिन्छ । बत्तिसपुतलीमा रहेको यस कलेजले विज्ञान, मानविकी र व्यवस्थापन विषयमा अध्यापन गराउँदै आएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #फेसियल हाउस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्