सबै समितिको छानबिन गर्न एउटा महासमिति बनाइयोस् : सांसद मानन्धर
काठमाडौं । नेकपा एमालेका सांसद रामवीर मानन्धरले संसदीय छानबिन समितिको भूमिकामाथि नै प्रश्न उठाएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यो सरकार बनेदेखि गठन भएका संसदीय समितिहरुले समयमै आफ्नो कार्यादेश पूरा गर्न नसकेको दाबी गरे।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिले पाएको दश दिनको समयमा काम गर्न नसकेर समय थपको निर्णय गरेकै दिन उनले यस्ता समितिहरुकै गर्ने महासमिति बनाउनुपर्ने अबस्था आएको भन्दे ब्यङ्ग्य गरे।
‘संसदको कार्यकाल सकिने बेला भइसकेको छ। संसदबाट बनेका कुनै पनि समितिले कारबाही गर्न सकेका छैनन्, ‘उनले भने, ‘अब ४–५ महिना बाँकी छ, यी सबै समितिको छानबिन गर्न एउटा महासमिति बनाइयोस्।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले, #रामवीर मानन्धर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्