चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक बर्ष ०७८÷०७९ मा साँढे ११ करोड राजश्व सङ्कलन
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक बर्ष ०७८÷०७९ मा झण्डै साँढे ११ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
उक्त अवधिमा कार्यालयले ११ करोड ४९ लाख ९७ हजार ४१३ रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
निकुञ्ज कार्यालयका अनुसार सो अवधिमा १ लाख ९० हजार ४५८ जनाले निकुञ्ज भ्रमण गरेका थिए । ती मध्ये १ लाख ५५ हजार ६७१ जना , सार्क देशका १९ हजार ९७९ जना र अन्य देशका १४ हजार ८०८ जना रहेका छन् ।
सबैभन्दा बढी राजश्व सङ्कलन वैशाखमा
निकुञ्जमा सबैभन्दा बढी राजश्व सङ्कलन वैशाख महिनामा भएको छ भने सबैभन्दा कम राजश्व सङ्कलन भदौमा भएको छ ।
जसअनुसार वैशाख महिनामा २ करोड ७ लाख १७ हजार दुई सय दशमलव ४९ पैसा राजश्व सङ्कलन भएको छ भने भदौ महिनामा ६ लाख ५४ हजार २८५ रुपैयाँ सङ्कलन भएको छ ।
यस्तै, कार्यालयले साउन महिनामा २५ लाख २५ हजार ८सय रुपैयाँ ,असोज महिनामा ३३ लाख ७५ हजार ५४६ दशमलव ५० पैसा, कार्तिक महिनामा ७७ लाख ८५ हजार २९५ दशमलव ७० पैसा, मङ्सिरमा ९९ लाख ८८ हजार ३०८ रुपैयाँ, पुसमा १ करोड २८ लाख ४४ हजार ५६७ दशमलव ५६ पैसा र माघ महिनामा ४६ लाख ३९ हजार २७८ दशमलव ५६ पैसा राजश्व सङ्कलन गरेको छ ।
यस्तै, कार्यालयले फागुन महिनामा १ करोड २०९ लाख ५ हजार ११५ रुपैयाँ, चैतमा १ करोड ८३ लाख ४९ हजार ११२ दशमलव ९४ पैसा, ज्येष्ठ महिनामा १ करोड ६२ लाख ४४ लाख ८१२ दशमलव ८९ पैसा र असार महिनामा ६२ लाख २८ हजार ८९ दशमलव ३९ पैसा सङ्कलन गरेको छ ।
कार्यालयका सूचना अधिकारी गणेश प्रसाद तिवारीले अघिल्लो वर्षभन्दा झण्डै तेब्बरले राजश्व सङ्कलन भएको बताउनुभयो । अघिल्ला वर्षहरूमा कोरोनाका कारण पर्यटकीय गतिविधि ठप्पै भयो ।
“अघिल्लो बर्ष साँढे ४ करोड मात्रै सङ्कलन भयो” उहाँले भन्नुभयो, “कोरोना कम भएपछि पर्यटकको चाप पनि ह्वात्तै बढ्यो ।”
चितवनको पर्यटन जङ्गल सफारीमा भर पर्ने भएकाले वर्षाको सिजनमा जङ्गल सफारीको काम ठप्प हुने र हिउँद लागेसँगै र नयाँ वर्षमा जङ्गल सफारी गर्ने पर्यटकको सङ्ख्या बढ्ने तिवारीको भनाई छ ।
निकुञ्जले पर्यापर्यटन ,काठ दाउरा बिक्री, गैर काष्ठ वन पैदावार बिक्री, दण्ड सजाय र अन्य शीर्षकबाट राजश्व सङ्कलन गर्ने गर्दछ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #चितवन राष्ट्रिय निकुञ्ज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्