कालो धनलाई सेतो बनाउन नपाएर गर्भनर माथि आक्रमण भयो: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको एउटा विभागका सदस्य एम अधिकारीको विषय यति धेरै हल्लाखल्ला गर्ने विषय नभएको बताउनुभएको छ ।
पार्टीको प्रचार विभागले आयोजना गरेको अनलाईन पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउन खोज्ने प्रयास असफल भएपछि गभर्नरमाथि आक्रमण भएको बताउनुभयो।
‘एमालेको यति धेरै विभागमा कति सदस्य छन् कुनै चासो छ ? कसैले प्रश्न गरेको छ ? एउटा नाम एम अधिकारीको विषय यति धेरै हल्लाखल्ला गर्नुपर्ने विषय होइन’, पोखरेलले भन्नुभयो ‘गभर्नरका विषयमा जे आइरहेको छ त्यो कालो धनलाई सेतो बनाउने योजना असफल भएपछिको प्रतिक्रिया हो।’
‘हाम्रो पार्टीले एम अधिकारी गभर्नर होइन भनिसकेको छ गभर्नरले पनि म होइन भनिसकेपछि यहि विषय उचालिरहनु कालो धनले सेतो बनाउने प्रयत्न हो। महासचिव पोखरेलले भन्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्