गभर्नरलाई तत्काल बर्खास्त गर्न कांग्रेस नेता बलदेव तिमल्सिनाको माग

काठमाडौं । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेव तिमिल्सिनाले गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल बर्खास्त गर्न सरकारसमक्ष माग गरेका छन् ।
आज एक विज्ञप्ती जारी गर्दै तिमिल्सिनाले राष्ट्र बैंक ऐन २०५८ को दफा २१ ‘क’ बमोजिम ‘राजनीतिक दलको सदस्य वा पदाधिकारी रहेको व्यक्ति गभर्नर, डेपुटी गभर्नर र सञ्चालकमा नियुक्त हुन योग्य नहुने बताएका हुन् ।
उनले बहालवाला गभर्नर अधिकारी नै एम।अधिकारीको नामबाट एमालेको केन्द्रीय विभागमा रहेको पुष्टि भएसंगै राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलता माथि नै गम्भीर प्रश्न उठेको समेत स्पष्ट पारेका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेपाल विद्यार्थी संघ, #बलदेव तिमिल्सिना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्