महँगी नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्छ : नेता काफ्ले
काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले महँगी नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। मंगलबार केन्द्रीय समिति बैठकमा बोल्दै नेता काफ्लेले यस्तो बताएका हुन्।
राष्ट्र बैंकको तथ्यांक कोट गर्दै उनले महँगी नियन्त्रणका लागि पार्टीले निर्देशित गर्नुपर्ने बताएका थिए। ‘नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार खाध्यान्यमा २२ प्रतिशत मुल्यवृद्धि छ, त्यस्तै आर्थिक आधारमा उपभोक्ता मूल्य सुचकाङ्कमा आधारित मूल्यवृद्धि ८.५६ प्रतिशत रहेको छ। जुन राष्ट्र बैंकको सीमा भन्दा २ प्रतिशत बढी हो,’ उनले भने, ‘पार्टीले सरकारलाई यस विषयमा गम्भीर हुँदै मूल्यवृद्धि नियन्त्रण र अतिविपन्न परिवारको रोजीरोटीको लागि विशेष व्यवस्थाको लागि निर्देशित गर्नुपर्दछ।’
मल अभावको समाधान गर्न तत्कालीन र दीर्घकालीन उपायको खोजी गरी सरकारलाई निर्देशित गर्नुपर्ने उनको भनाइ छ।
चुनावमा बलियो गरी गठबन्धन गर्नुपर्ने उनको भनाइ छ। ‘गणतन्त्रवादी र संविधान पक्षधरको एकता मजबुत बनाउँदै, आगामी निर्वाचनमा नेपाली कासलाई विजयउन्मुख बनाउँदै, देशको सर्वपक्षीय विकास, आर्थिक र परराष्ट्र नीतिमा एकरुपतालाई मध्यनजर गरी गठबन्धन गर्नुपर्छ,’ उनले भने।
क्याटेगोरी : राजनीति
ट्याग : #कुन्दनराज काफ्ले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्