धेरै क्षति नगरी निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिन्छः केपी ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजगढमा विकासका मामिलामा अदालतले हस्तक्षेप गर्न नहुने बताएका छन् ।
उनले सोमबार सम्पादकहरुसँगको छलफलमा निजगढामै विमानस्थल बनाउन सकिने बताएका हुन् ।
वनको क्षति नगरी हाल विमानस्थल निर्माण गर्ने भनिएको क्षेत्रको दक्षिणतर्फ टाँगिया वस्ती हटाएर दुई हजार मिटर क्षेत्रफलमा विमानस्थल बनाउन सकिने उनको भनाइ छ ।
‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, वनको क्षति नगरीकन नजिकको टाँगियावस्ती हटाउँदा र दक्षिणपट्टी बनाउँदाखेरि दुई हजार स्क्वायर मिटरमा बनाउँदा पुग्ने ठाउँमा ८ हजार मिटर लिनुपर्ने आवश्यकता पर्दैन’ उनले भने ।
सरकारले अनावश्यक क्षेत्रफल लिनु, अनावश्यक ढंगले वन विनाश गर्नु र वातावरणमा जानीजानी दुष्प्रभाव पार्न नहुने भन्दै ओलीले अदालतले पनि विकास निर्माणमा हस्तक्षेप गर्न नहुने बताए । ‘विकास निर्माणमा अदालतले धेरै ठाउँमा अनावश्यक हस्तक्षेप गर्ने गरेको छ । त्यस्तो क्रियाकलाप पनि गर्नुहुदैन’ ओलीले भने ।
ओलीले चाहिएजति जमिन लिएर विमानस्थल निर्माण गर्न सकिने बताए । ‘चाहिएजति जमिन लिने, त्यसमा धेरै क्षति पनि हुँदैन, त्यसलाई निर्माण गर्न सकिन्छ’ उनले भने ।
‘सम्मानित अदालतले पर्याप्त अध्ययन गरेर विशेषज्ञको अध्ययनको आधारमा फैसला गर्ने गर्नुपर्छ’ उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले पर्याप्त अध्ययनविना एउटा फैसला सुनाउने । सुनाएको फैसलाको पूर्णपाठ चाहिँ जारी गर्न नसक्ने पूर्णपाठ जारी गर्दा के हो के हो जस्तो जारी गर्ने, त्यस्तो खालको हुनुहुँदैन ।
क्याटेगोरी : राजनीति
ट्याग : #‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्