Techie IT
बुधबार, साउन १३,२०८३

प्रधानमन्त्री र गृहमन्त्रीमाथि उठेको प्रश्नमा रविले के भने ?


काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालाई लिएर राजनीतिक दलहरुको धारणा लिएर सरकारको ध्यानाकर्षण गराइने बताएका छन् ।

आज सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

लामिछानेलाई सञ्चारकर्मीहरुले बैठकमा प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङको अनुपस्थितिका विषयमा जिज्ञासा राखे  । त्यसको जवाफ दिँदै लामिछानेले सुनसरी घटनाका सन्दर्भमा सरकारले आफ्नो काम गरिरहेको बताए ।

‘प्रधानमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ गृहमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ । अहिले शान्ति सद्भाव कायम गर्ने हो । अहिले चर्का कुरा गर्ने होइन । कसले बोल्यो कसले बोलेन भन्ने होइन । समाजिक सद्भाव नभड्कियोस् भन्ने हो ।’ उनले भने

उनले नागरिकको ज्यान जानु अत्यन्त गम्भीर विषय भएको भन्दै यसमा सुरक्षा निकाय जिम्मेवार हुनुपर्ने र अहिले विभिन्न अफवाह र भ्रमहरू पनि फैलिरहेको बताए । ‘त्यसैले अनुसन्धानको निष्कर्ष नआउन्जेल हतारमा टिप्पणी गर्नु उचित हुँदैन । कुनैपनि परिस्थितिमा साम्प्रदायिक सद्भाव खलबलिने, एक समुदायले अर्को समुदायप्रति घृणा वा द्वेष फैलाउने र आक्रमण गर्ने जस्ता गतिविधि हुनु देशका लागि हानिकारक छ ।’ उनले भने ।

उनले यस्तो संवेदनशील विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने भन्ने महसुस गरी चाँडै नै सबैको तर्फबाट एउटा संयुक्त अपिल सार्वजनिक गरिने बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #प्रधानमन्त्री र गृहमन्त्रीमाथि उठेको प्रश्नमा रविले के भने ?


तपाईको कमेन्ट लेख्नुहोस्