नुवाकोटमा तादी गाउँपालिकाका कर्मचारीहरु काममा प्रभाव पर्ने गरी भ्रमणको तयारीमा कर्मचारीहरु, १० लाखको हिनामिना
नुवाकोट जिल्ला तादी गाउँपालिकाका कर्मचारीहरु काम नै अवरुद्ध हुने गरेर भ्रमण जाने तयारीमा रहेको एक स्थानीयवासीले जानकारी दिएका छन् । स्थानीयवासीका अनुसार कार्यालयमा कार्यरत १६ जना कर्मचारीहरु करिब १० लाख रुपियाँको खर्चमा मंसिर ७ गते देखि मंसिर १४ गते सम्म रारा मुगु लगायतका विभिन्न क्षेत्रहरुमा भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकार बनेपछि राज्यकोषको ढुकुटीबाट ठूलो रकम निकालेर अनावश्यक भ्रमण लगायतका गतिविधिहरु प्छिल्लो समय बढिरहेको कुरा उठिरहेको बेला नुवाकोटमा हुन लागेको भ्रमणले यसलाई थप पुष्टि गरेको छ ।
सरकारले फजुल खर्च रोक्नको निम्ति प्रतिवद्धता जनाएपनि नुवाकोटको तारी गाउँपालिकामा कार्यालयका सम्पूर्ण गतिविधिहरु बन्द नै गरेर कर्मचारीहरु लामो समयको लागि घुमफिरमा जान लागेको जानकारी पाएका स्थानीयहरुहरु सरकारी कर्मचारीहरुको चाला देखेर चिन्तित भएका छन् ।
सरकारले साउन १ गते देखि हाल सम्म उपलब्ध हुँदै आएका विभिन्न सेवाहरुमा व्यापक कटौती गरेको छ । अहिलेको व्यवस्था बमोजिम सरकारले महँगी र स्थानीय भत्ता बाहेक अन्य सुविधाहरु कटौती गरेको छ ।
उक्त गाउँपालिकाबाट भ्रमणमा जान लागेका कर्मचारीमा प्रमुख कार्यकारी अधिकृत, सूचना अधिकृत, लेखा अधिकृत, इन्जिनियर सहित आयुर्वेदिक विभाग, स्वास्थ्य विभाग, शिक्षा विभाग र सूचना प्रविधि विभाग लगायतका विभिन्न शाखा तथा विभागमा रहेका प्रमुखहरु सहितका १६ कर्मचारीहरु छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #तादी गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्