Techie IT
सोमबार, वैशाख २२,२०८२

दुबै मृर्गाैला पीडितका लागि सहयाेगकाे अपिल


काठमाडाैं । रसुवा कालिकास्थान घर भएका दिलबहादुर श्रेष्ठ विगत लामो समयदेखी दुबै मृगौलाले काम गर्न छोडेपछि  हाल शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । श्रेष्ठ शिक्षण अस्पतालमा हेमोडायलासिस गराइरहनुभएकाे छ ।

श्रेष्ठ मध्यमवर्गीय परिवार भएका कारण उपचारको सिलसिलामा  व्यक्तिगत खर्च गरिसक्नुभएकाे छ। उहाँ पछिल्लो समय अस्पतालको बिल तिर्न नसक्ने  अवस्थामा पुग्नुभएकाले सहयाेगका लागि अपिल गर्नुभएकाे छ ।

उहाँलाई थप उपचारका लागि आर्थिक सहयोग आवश्य परेको छ । हाम्रो सानो सहयोगले एउटा घरको मूल खम्बा ढल्नबाट बचाउन सक्छौ । सहयोग गर्न चाहनेहरुले आफ्नो इच्छा अनुसार सक्दो सहयोग गर्नका लागि अनुराेध गरिएकाे छ ।

दयालु हृदय भएकाहरूले दान गर्नका लागि परिवारका सदस्यहरूले पनि अनुराेध गरेका छन्। सहयोगी हातहरुले एनआईसी बैंक, सिमा श्रेष्ठ : ३०५५७५१२३६९०८००१ खाता नम्बरमा ट्रान्सफर गर्न सक्नुहुनेछ । साथै माेबाइल नम्बर ९८६१६२९५९० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

‘उहाँको कुरा सुन्न र उहाँको पहिलेको जीवन फिर्ता दिनको लागि म नम्रताका साथ तपाईंको ढोका ढकढक गर्दैछु। हृदयबाट आउने कुनै पनि रकम धेरै सानो छैन। मलाई थाहा छ उसले तपाईको सहयोगले यो युद्ध जित्न सक्छ। सहयोग गर्न चाहनेहरुले आफ्नो इच्छा अनुसार सक्दो सहयोग गरौं । दयालु हृदय भएकाहरूले कृपया दान गर्नुहोस्’ उहाँका परिवारका सदस्यहरूले भनेका छन् ।

सम्पर्क तथा रकम ट्रान्सफर गर्नका लागि :

एनआईसी बैंक
सिमा श्रेष्ठ : ३०५५७५१२३६९०८००१
नाम : सिमा श्रेष्ठ
स्थान : बालाजु, नेपाल
सम्पर्क : ९८६१६२९५९०


क्याटेगोरी : स्थानीय, स्वास्थ्य
ट्याग : #मृर्गाैला पीडित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:18 am6:41 pm +0545