काठमाडौं महानगर १६ को अध्यक्षमा मुकुन्द रिजाल पुन: निर्वाचित
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका छन् ।
रिजालले ४ हजार १९ मतका साथ १६ को अध्यक्षमा आफ्नो स्थान सुरक्षित बनाएका हुन् ।
उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधारले ३ हजार ३१० मत ल्याए । वडा १६ मा कुल १२ हजार ३०८ मत खसेको थियो ।
रिजालको जीतसँगै काठमाडौंमा कांग्रेसले १८ वटा वडा जितेको छ ।
काठमाडौं महानगर-१६ मा रिजालको यो दोस्रो कार्यकाल हो । यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमार्फत जित हासिल गरेका रिजालले विकास निर्माणको कामलाई सक्रियता देखाएका थिए । दोस्रो कार्यकालका लागि निर्वाचित भएसँगै रिजालले आगामी दिनमा अघिल्लो कार्यकालमा सुरु गरेर पूरा गर्न नभ्याएका कामसहित नयाँ कामको थालनी गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #काठमाडौं महानगरपालिकाको ३१, #मुकुन्द रिजाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्