गोरखा नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको विउ वितरण गर्ने
गोरखा। पालिकाबासी किसानहरुको हितलाई ध्यानमा राखी गोरखा नगरपालिकाले धानको विउ वितरण गर्ने भएको छ । नगरपालिकाले २०७८÷०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार किसानहरुलाई धानको विउ वितरण गर्न लागेको हो ।
अहिले धानको बिउ राख्ने सिजन सुरु हुन लागेको छ । धान खेती गर्ने कृषकहरुलाई सावित्री धान र राम धानको उन्नत बीउ ५० प्रतिशत मूल्य अनुदानमा वितरण गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज राज पन्तले बताए । धान खेती सुधार ल्याउन र उत्पादन बढाउन नगरपालिका भित्रका धान खेती गर्दै आएका कृषकहरुलाई विउ वितरण गर्न लागेको हो ।
आवश्यक कागजात पेश गरेर प्रक्रिया पूरा गरेपछि सम्बन्धित वडाबाट धानको विउ वितरण हुने उनले बताए । यसका लागि धान खेर्ती गर्ने जग्गाको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी सम्बन्धित वडालाई बुझाउन उनले आग्रह गरे । यसका लागि नगरपालिका बुधबार नगरपालिको सूचना प्रकाशित गरेको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #गोरखा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्