गाेरखाका १० पालिकाकाे नवनिर्वाचित प्रमुखले लिए सपथ
गाेरखा । जिल्लाका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले सथप ग्रहण लिएका छन् ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा गाेरखाका ९ स्थानीय तहमा निर्वाचित गाेरखा नगरपालिका, पालुङटार नगरपालिका र आठ गाउँपालिकाका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दिनबन्धु बरालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
जिल्लामा निर्वाचित भइसकेका पालिकाका प्रमुखहरुमध्ये गाेरखा नगरपालिकाकाे प्रमुख कृष्णबहादुर रानामगर, पालुङटार नगरपालिकाकाे प्रमुख विवश चिन्तन, सिरानचाेक गाउँपालिकाकाे अध्यक्ष ज्ञानेन्द्र गुरूङ, अजिरकाेट गाउँपालिकाकाे अध्यक्ष दीपक देवकाेटा, बारपाक-सुलिकाेट गाउँपालिकाकाे अध्यक्ष बिष्णुप्रसाद भट्ट, भिमसेन थापा गाउँपालिकाकाे अध्यक्ष लाेकप्रसाद बन्जाराले सपथ लिए ।
त्यस्तै शहिद लखन गाउँपालिकाकाे अध्यक्ष रमेशबाबु थापामगर, गण्डकी गाउँपालिकाकाे प्रमुख दीपक तिमिल्सिना, आरूघाट गाउँपालिकाकाे अध्यक्ष राजु गुरूङ र धार्चे गाउँपालिकाकाे प्रमुख लक्ष्मण गुरूङले सथप ग्रहण लिएका हुन् ।
उत्तरी गाेरखाकाे चुमनुव्री गाउँपालिकाकाे भने केहि दिनपछि सथप हुने बताइएकाे छ । भाैगाैलिक हिसावले विकट रहेकाे चुमनुव्रीकाे शुक्रबार विहान मात्रै मतगणना सकिएकाे हाे ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बरालले जनताको चाहना र भावनालाई शिरोपर गर्दै काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे । साथै उनले नवनिर्वाचित सबै जनप्रतिनिधिलाई कार्यकाल सफलताको शुभकामना दिए ।
त्यस्तै, उपप्रमुख र उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र अन्य सदस्यले पनि पालिकामा खटिएका निर्वाचन अधिकृतबाट संयुक्तरुपमा शपथ लिएको थिए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #गाेरखा, #सथप ग्रहण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्