लोक गायक सुर्यमणि आचार्य र राज कुमार हुमागाईको काठे गीत ‘ए है काली’ बजारमा
लोक गायक द्धय सुर्यमणि आचार्य र राज कुमार हुमागाईले नेपाली लोक दोहोरी गीत ‘ए है काली’ बजारमा ल्याएका छन् ।
मिलन फिल्मस प्रा.ली. बाट बजारमा आएको उक्त गीतले काठ क्षेत्रको विशेष प्रतिनिधित्व गरेको बताइएको छ ।
गीतमा सुर्यमणि आचार्य, टिका पुन र राज कुमार हुमागाईको स्वर रहेको छ । संकलन, लय सुर्यमणि आचार्य कै रहेको छ भने गीतमा भिमसेन खतिवडा र राज कुमार हुमागाईको शब्द रहेको छ ।
मिलन श्रेष्ठको निर्देशनमा तयार गरिएको उक्त म्युुजिक भिडयोमा सञ्जिब ठकुरी र रिना थापाको विशेष अभिनय रहेको छ ।
गायक आचार्य भन्छन्, काठ क्षेत्रको मौलिकपन जोगाउनका निम्ति कलाकार एवं सर्जकले आफुलाई अनुशासित एवं सभ्य ढंगबाट प्रस्तुत गरिनुपर्छ भन्ने मुल मान्यतालाई आत्मबोध गर्दै ‘ए है काली’ बजारमा ल्याएका छौँ । आशा छ विगतका सांगितक कोशेली झै थप माया, साथ, सहयोग दिनुहनेछ भन्ने अपेक्षा गरेको उनले बताए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #काठे गीत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्