Techie IT
सोमबार, वैशाख २२,२०८२

मोदी र म्याक्रोँबीच युक्रेनको संकटबारे वार्ता


पेरिस । युरोप भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग भेटवार्ता गरेका छन् । उक्त भेटका अवसरमा दुई नेताले द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा वार्ता गरेका छन् ।

वार्तापछि दुबै देशका नेताहरूले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । दुबै नेताले रुस–युक्रेन द्वन्द्वमा तत्काल शत्रुता अन्त्य गर्न आह्वान गर्दै युक्रेनको मानवीय संकटप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गरेका छन् ।

भारत र फ्रान्सले रुस–युक्रेन द्वन्द्वमा तत्काल शत्रुता अन्त्य गर्न आह्वान गर्दै मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेको दुई देशद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

सर्वसाधारणको पीडाको अन्त्यका लागि दुवै पक्षलाई एकै ठाउँमा ल्याउने र संवाद तथा कूटनीतिको प्रवर्द्धन गर्नसमेत दुवै नेताले सहमति जनाएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545