टोखा नगरपालिकाको मेयरमा १४ जनाको उम्मेदवारी

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा मेयरको लागि १४ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राती सम्पन्न मनोनयन दर्तामा विभिन्न दलबाट मेयर पदका लागि १४ जनाको उम्मेदवारी परेको हो ।
टोखा नगरको निर्वाचन अधिकृत सविता शर्माले मेयर, उपमेरसहित २५१ जनाको उम्मेदवारी परेको राससलाई जानकारी दिइन् । उनका अनुसार नगर उपमेयरमा ६, वडाध्यक्षमा ५८ जनाको उम्मेदवारी परेको छ ।
यसैगरी, वडा सदस्यमा ९७, महिला वडा सदस्यमा ४४ र दलित महिला सदस्यमा ३२ जनाको उम्मेदवारी परेको शर्माले बताइन् । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट प्रकाश अधिकारी मेयर र ज्ञानमाया डङ्गोल उपमेयरमा निर्वाचित भएका थिए ।
हाल नेकपा (एमाले) बाट वर्तमान मेयर अधिकारी र उपमेयर डङ्गोलको उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसको तर्फबाट मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।साविकको गोङ्गबु, धापासी, टोखा, झोर महाङ्काल गाउँ विकास समितिलाई समावेश गरेर स्थापना गरिएको टोखामा हाल ११ वडा रहेका छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot, #टोखा नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्