बालाजु प्रहरी नियन्त्रणमै मृत्यु भएका ढुंगानको श्रीमतिलाई प्रहरीको धम्कीपूर्ण फोन
व्यक्तिगत लेनदेनको सिलसिलामा नेपाल प्रहरीका एक सईको साथ लागेर गएका व्यक्तिको भोलिपल्ट रहस्यमय मृत्यु भएको छ। आइतबार राति सई सुरेन्द्र कार्कीले मोटरसाइकलमा लिएर गएका रवीन्द्रकुमार ढुंगानाको सोमबार वीर अस्पतालमा मृत्यु भएको परिवारको भनाइ छ। कार्की प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत छन् अाजको कान्तिपुर दैनिकले समाचार लेखेको छ ।
‘घरमै बसिरहेका बेलामा कार्की आएर जाऊँ भनी भाइलाई मोटरसाइकलमा हालेर लगेका रहेछन्,’ मृतकका दाइ शेरबहादुर ढुंगानाले भने, ‘भोलिपल्ट प्रहरी परिसरबाट भाइकी श्रीमती (अन्नपूर्ण थापा ढुंगाना) लाई श्रीमान् वीर अस्पतालमा हुनुहुन्छ, भेट्न आउनु भनी फोन आयो। ११ बजे अस्पताल पुगेकामा दुई घण्टापछि भाइको मृत्यु भयो।’
कान्तिपुरका अनुसार भाइलाई लिएर गएकै दिन राति ११ बजे सई कार्कीले बुहारी अन्नपूर्णलाई फोन गरी धम्क्याएको शेरबहादुरको दाबी छ। रवीन्द्रको शव हाल टिचिङ अस्पताल महाराजगन्जमा छ।
प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले भने मृतक ढुंगानासँग सई कार्कीले ५ लाख रुपैयाँ लिएको र उक्त रकमको चेक बाउन्स भएपछि सोही मुद्दामा बालाजु वृत्तले नियन्त्रणमा लिएको बताए। एसएसपी थापाले भने, ‘परिवारले भनेजस्तो सई कार्कीले पक्राउ गरेको नभई उनी घर देखाउन त्यहाँ पुगेका हुन्। उनलाई वृत्तबाटै खटिएको टोलीले पक्राउ गरेको हो।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बालाजु प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्